अवैध लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ
२०८०-०९-२४
- A
- A-
- A+
पर्सा, वीरगञ्ज महानगरपालिका-८ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६ ग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने बिनोद प्रसाद गुप्ता र फिरोज चौधरी रहेका छन् । प्रहरी चौकी बसपार्क समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।