१८ किलो ३ सय ग्राम गाँजासहित ४ जना पक्राउ
२०८०-०९-२४
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौरबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने ४४ वर्षीया सरिता अर्याललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय टौडाबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३-००५ प ६२३० नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका-८ कोठुबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो र नगद ५ लाख २० हजार ५ सय रूपैयाँसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २१ वर्षीय पदम बहादुर तामाङ र सोही नगरपालिका-९ बस्ने २८ वर्षीय बम बहादुर राई रहेका छन् । प्रहरी चेकपोष्ट कोठुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगदसहित पक्राउ गरेको हो ।
ललितपुर, गोदावरी नगरपालिका-१० प्याङगाउँबाट अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्रामसहित कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ बस्ने २८ वर्षीय राम तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।