मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-२४
- A
- A-
- A+
काठमाडौं, मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा रौतहट बुद्धावन नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तीनगर बस्ने ३२ वर्षीय विन्दालाल शाह कानुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विन्दालालले १ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।