प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकसहित एक जना पक्राउ

२०८०-०९-२५

  • A
  • A-
  • A+
Share

उदयपुर, चौदण्डीगढी नगरपालिका-१ कटरबोटेबाट भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग गर्ने बारूदसहितको बट्टा १ थान, फलामको गोली ४ थान, बेरिङ १७ थान र केप १ थानसहित भोजपुर आपचौक गाउँपालिका-१० बस्ने २० वर्षीय समिर राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले को.१३ प ४१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको लेग गार्डमा बाधेको बोराभित्र लुकाई ल्याएको उक्त  हातहतियार फेला पारी चालक राईलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।