प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाल यौन शोषण गरेको मुद्दामा फरार रहेका रामलाल बम्जन पक्राउ

२०८०-०९-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रहेका प्रतिवादी बारा निजगढ नगरपालिका-१२ रतनपुरी ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ टन गाउँ बस्ने तपस्वी राम बहादुर बम्जन भन्ने ३४ वर्षीय रामलाल बम्जनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

बाराको हलखोरियास्थित बम्जनको आश्रममा आनीको रूपमा रहेकी पीडितलाई बाल यौन शोषण गरेको मुद्दामा संलग्न रही फरार रहेका उनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ अनुमति प्राप्त भएको थियो । 

बम्जनको खोजी गर्ने क्रममा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ टन गाउँमा लुकीछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बम्जनलाई चौथो तलामा फेला पारेको र भाग्ने क्रममा पक्राउ गरेको हो । उनको घरबाट विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ नेपाली रूपैयाँ बराबरको विदेशी मुद्राहरू तथा ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रूपैयाँ गरी जम्मा ३ करोड ३४ लाख ६७ हजार ९ सय ६ नेपाली रूपैयाँ, पेनड्राईभ २० थान, मोबाइल १४ थान, ल्यापटप २ थान, आइप्याड/ट्याब ५ थान लगायतका सामान प्रहरीले बरामद गरेको छ ।   

बम्जनको आश्रमबाट विभिन्न समयमा वेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।  


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।