अवैध लागूऔषधसहित ४ जना पक्राउ
२०८०-०९-२८
- A
- A-
- A+
रूपन्देही, देवदह नगरपालिका-१ बिर्ताबाट अवैध लागूऔषध गाँजा ७ किलो ५ सय ग्रामसहित पाल्पा माथागडी गाउँपालिका-५ बस्ने ६४ वर्षीय कुल बहादुर पल्लीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी ढेकावरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्कीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय कमल शाहीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-३ नदिपुरबाट नियन्त्रित लागूऔषध नुर्फिन ७ एम्पुल, डाइजेपाम ७ एम्पुल र फेनरागन ७ एम्पुलसहित माछापुच्छ्रे गाउँपालिका-४ बस्ने २८ वर्षीय बिशाल नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बर्दिया, मधुबन नगरपालिका-५ गाउँ नम्बर १७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम १० मिलिग्रामसहित बाँके बैजनाथ गाउँपालिका-३ बनखेत बस्ने २४ वर्षीय नरेश खप्तरी मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।