अवैध लागूऔषध गाँजा ५ किलोग्रामसहित एक जना पक्राउ
२०८०-०९-२९
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित सर्लाही मलंगवा नगरपालिका-१० बस्ने १९ वर्षीय ईन्ताज आलमलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।