जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-१०-०१
- A
- A-
- A+
रोल्पा, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनछहरी गाउँपालिका-६ गामखोले बस्ने ६१ वर्षीय कबिराम पुन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेलवाङ र ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।