प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुनजस्तो देखिने धातुसहित पक्राउ

२०८०-१०-०३

  • A
  • A-
  • A+
Share

बारा, जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित बिकास शिल चोकबाट सुन जस्तो देखिने पहेलो धातु करिब ६ सय ५८ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१८ बस्ने ५४ वर्षीय राधेश्याम माझी र गोरखा, गोरखा नगरपालिका-१ बस्ने ३८ वर्षीय यदु कुमार विक रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रूमालमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस नजिकबाट सुन जस्तो देखिने पहेलो धातु करिब १० तोला ६ लाल र नगद ३६ हजार रूपैयाँसहित पाल्पा रम्बादेबी गाउँपालिका-३ घर भई पोखरा महानगरपालिका-१ मोहोरिया टोल बस्ने २४ वर्षीय दिलिप गहतराजलाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख १२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई २ वटा ढिक्का, २ वटा गोलो रिङ, २ वटा सानो सानो टुक्रामा राखेको उक्त परिमाणको धातुसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।