एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
२०८०-१०-०४
- A
- A-
- A+
धादिङ, गजुरी गाउँपालिका-४ अर्चले बस्ने ५६ वर्षीय धन बहादुर प्रजालाई एकनाले भरुवा बन्दुक २ थानसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रजाको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लोड अवस्थामा रहेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।