प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र गोली सहित दुई जना पक्राउ

२०८०-१०-०५

  • A
  • A-
  • A+
Share

 मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट पेस्तोल १ थान, गोली १ थान र सेतो रंगको पाउडर जस्तो धुलो पदार्थ करिब २ किलो ७ सय ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बाजुरा हिमाली नगरपालिका-१ बस्ने ३१ वर्षीय देव बहादुर थापा र नवलपरासी पूर्वी सुस्ता कावासोती नगरपलिका-५ बस्ने ५७ वर्षीय वीर बहादुर थापा मगर रहेका छन् ।  प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले चितवनबाट काकडभिट्टातर्फ जाँदै गरेको मे.१ ख २५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको   हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।