प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

२०८०-१०-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-७ सिफल डेरा गरी बस्ने तनँहु घर भएकी ५४ वर्षीया रूक्मा थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९३ हजार २ सय रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।

ओखलढुंगा, सिद्धिचरण नगरपालिका-११ मिलनचोक बस्ने ५० वर्षीय कोटिका बहादुर गिरीको माया होटलमा जुवातास खेलिरहेको अवस्थामा गिरीसहित ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ६ सय २० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार