करिब १५ किलो गाँजासहित दुई जना पक्राउ
२०८०-१०-१०
- A
- A-
- A+
काठमाडौं, उदयपुर, कटारी नगरपालिका-३ स्थित बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोसहित सिरहा गोलबाजर नगरपालिका-१ बस्ने २८ वर्षीया अनिता राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका-३ महर्जन चोकबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोसहित सोही ठाउँ बस्ने ४२ वर्षीय बालकुमार बोगटीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।