जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-१०-१०
- A
- A-
- A+
कालिकोट, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँडाचक्र नगरपालिका-२ बस्ने २९ वर्षीय रबिन्द्र विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
रबिन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।