कर्तव्य ज्यान कसूरका फरार प्रतिवादी पक्राउ
२०८०-१०-११
- A
- A-
- A+
मोरङ, कर्तव्य ज्यान कसूरका फरार प्रतिवादी संखुवासभा साविक सिद्धकाली गाविस-२ बस्ने ३५ वर्षीया कैली तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत संखुवासभाको २०६६ फागुन १२ गतेको फैसलाले कर्तव्य ज्यान कसूरमा २० वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय संखुवासभामा बुझाइएको छ ।