प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

महिलाको हत्यामा संलग्न व्यक्ति पक्राउ

२०८०-१०-१५

  • A
  • A-
  • A+
Share

संखुवासभा, खाँदबारी नगरपालिका-९ तुम्लिङटार मंगलबारे बस्ने ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरेको अभियोगमा सुनसरी धरान जिरोपोईन्ट ठेगाना बताउने ३० वर्षीय दिपेन राई भन्ने आकास राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

खाँदबारी नगरपालिका-९ तुम्लिङटार मंगलबारेस्थित एसएस एफएमको कम्पाउण्ड बाहिर माघ ६ गते दिउँसो दिलकुमारी मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले ईलाका प्रहरी कार्यालय धरानको सहयोगमा सुनसरी, धरान उपमहानगरपालिका-२ देशीलाईनस्थित एक गेष्टहाउसबाट पक्राउ गरेको हो । 

आकाशले दिल कुमारीको बन्चरो प्रहार गरी हत्या गरेको र कानमा लगाएको सुन जस्तो देखिने धातुको २ थान रिङ डाँका चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै आकाशले उक्त रिङ धनकुटा पाख्रीवास नगरपालिका-४ बुद्धचोकस्थित रुपकला ज्वेलर्सका संचालिका ३६ वर्षीया धनमाया विश्‍वकर्मालाई बिक्री गरेको तथा धनमायाले सो रिङ सोही ठाउँस्थित विवेक ज्वेलरीमा बिक्री गरेको खुल्न आएपछि धनमाया र विवेक ज्वेलरीका संचालक ५३ वर्षीय देव बहादुर विश्‍वकर्मालाई समेत प्रहरीले पक्राउ गरेको छ । 

आकाश उपर कर्तव्य ज्यान र चोरी/डाँका सम्बन्धी कसूर मुद्दामा तथा रिङ खरिद गर्ने कार्यमा संलग्न धनमाया र देव बहादुर उपर चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।