अवैध लागूऔषध गाँजासहित पक्राउ
२०८०-१०-१८
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित सर्लाही बागमती नगरपालिका-१२ बस्ने १९ वर्षीय निशान गोलेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बिराटनगरतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ०४५३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार गोलेलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै बस सवार १ जनालाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।