प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकसहित एक जना पक्राउ

२०८०-१०-१९

  • A
  • A-
  • A+
Share

पाँचथर,फिदिम नगरपालिका-११ फलाँटे तिरूवाखाल बस्ने ४५ वर्षीय भीम भन्ने भगेन्द्र घिमिरेलाई भरूवा बन्दुक १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँ बस्ने ५३ वर्षीय मेघराज आङबो हाइड्रोतर्फ जाने क्रममा भगेन्द्रले भरूवा बन्दुक अचानक पड्काउँदा बन्दुकको छर्राले लागेर मेघराज घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथर समेतबाट खटिएको प्रहरीले उनलाई फिदिम नगरपालिका-१ साब्राङ भन्ने स्थानबाट पक्राउ गरेको हो । साथै घाइते मेघराजलाई जिल्ला अस्पताल हुँदै थप उपचारको लागि बिएण्डसी अस्पताल विर्तामोड झापा रिफर गरिएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।