प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गर्ने व्यक्तिहरू पक्राउ

२०८०-१०-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ बस्ने तत्कालिन बाँसवारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष ८० वर्षीय अजित नारायण सिंह थापा, सोही महानगरपालिका-२६ बस्ने तत्कालिन च्याम्पियन फुटवयेर लि./प्रालिका शेयर धनी तथा संचालक ६० वर्षीय अरुण कुमार चौधरी र महोत्तरी, महोत्तरी गाउँपालिका-१ बस्ने च्याम्पियन फुटवेयर प्रालि/सिजि चांदवाग रेसिडेन्सी प्रालिका संचालक ४५ वर्षीय संजय ठाकुर रहेका छन् । 

मालपोत कार्यालय डिल्लीबजारको २०३७ कातिक २० गतेको निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा श्रेस्ता कायम भएको जग्गामध्ये कानून बिपरीत २०४३ भदौ १० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फबाट तत्कालीन कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापाले अरुण चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवयेर लिमिटेडको नामक कम्पनी खडा गरी सो कम्पनीको २५% शेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटले जनाएको छ ।


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।