प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

२०८०-१०-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं, नागार्जुन नगरपालिका-३ पाँनधारास्थित सेभेन क्रस पोइन्ट खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ सिंगल ट्री बस्ने २६ वर्षीय रविन पुतुवार लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

 प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार ३० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार