बाह्रबोरको एकनाले बन्दुकसहित १ जना पक्राउ
२०८०-१०-२०
- A
- A-
- A+
रौतहट, चन्द्रपुर नगरपालिका-६ स्थित डाबरीबाट बाह्रबोरको एकनाले बन्दुक १ थानसहित सोही ठाउँ बस्ने ४५ वर्षीय हरी स्याङतानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले ना.५१ प ७३२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको लेग-गार्डमा प्लाष्टिकको बोरामा लुकाई राखेको उक्त बन्दुक फेला पारी चालक स्याङतानलाई पक्राउ गरेको हो । साथ हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।