अवैध लागूऔषधसहित ३ जना पक्राउ
२०८०-१०-२१
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७ मिलिग्राम सहित ईलाम, ईलाम नगरपालिका-१४ सांरुम्बा बस्ने २८ वर्षीय मिक्सेन लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले प्रदेश १-०१-००१ ख ४०४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, कटहरी गाउँपालिका-१ स्थित रंगेलीबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो २ सय ग्रामसहित धनकुटा सागुरीगढी गाउँपालिका-६ बस्ने ४१ वर्षीय अमर राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक मोटरसाइकल लिई फरार भएपश्चात सोही मोटरसाइकलमा सवार अमरलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ स्थितबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ किलो ४० ग्रामसहित बझाङ बित्थडचिर गाउँपालिका-२ बस्ने ४० वर्षीय धन बहादुर बोहरालाई आइतबार दिउँसो पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले सु.प.प्र.०४००१ प १४६७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक बोहरालाई उक्त पदार्थसहित फेला परी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।