अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-१०-२१
- A
- A-
- A+
सप्तरी, अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी खड्क नगरपालिका-५ खोजपुर बस्ने ५० वर्षीय शुभ नारायण ठाकुरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सप्तरीको २०७५ जेठ ३० गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका शुभ नारायणलाई अस्थायी प्रहरी पोष्ट खरचुहियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको छ ।