लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-१०-२३
- A
- A-
- A+
कास्की, लागूऔषध मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-२० घर भई हाल सोही महानगरपालिका-१६ दिप बस्ने २६ वर्षीय रितिक परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
कास्की जिल्ला अदालतबाट २०८० असोज १५ गतेको फैसलाले लागूऔषध सम्बन्धी मुद्दामा १ वर्ष ७ महिना कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।