अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
२०८०-१०-२४
- A
- A-
- A+
जुम्ला, चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँ बस्ने २३ वर्षीया बिन्दु धिताल (मल्ल) र उनकै श्रीमान २४ वर्षीय योगेन्द्र मल्ललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ६९ मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।