जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-१०-२५
- A
- A-
- A+
भोजपुर, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-१ मिलन चोक बस्ने ३५ वर्षीय राजेन्द्र कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती महिलालाई पुस ७ गते दिउँसो सोही नगरपालिका-१ स्थित सार्वजनिक चप्लेटी ढुङ्गामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापा, २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका-२ सुकुम्बासी टोल बस्ने ५५ वर्षीय लोक बहादुर सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सार्कीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भक्तपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २४ वर्षीय सुबेन्द्र लिगललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लिगलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।