चाँदीका विभिन्न समानसहित पक्राउ
२०८०-१०-२५
- A
- A-
- A+
मोरङ, रंगेली नगरपालिका-७ कालीमन्दिर चोकबाट २ किलो ५ सय ४८ ग्राम बराबरको चाँदीको पाउजु ६९ जोडी, लोटा २५ थान र कलस ६ थानसहित भारत अररिया आमगाछी बस्ने २२ वर्षीय मोहमत अलताफलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अवैध रूपमा चाँदीका सामान ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त चाँदीको सामानसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।