प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली सुन देखाई ठगी गर्ने ५ जना पक्राउ

२०८०-१०-२८

  • A
  • A-
  • A+
Share

भक्तपुर, नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-५ घर भई भक्तपुर बोडे बस्ने ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिन बहादुर लामा, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ बस्ने ४८ वर्षीय जित बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-५ घर भई काठमाडौं मुलपानी बस्ने ३१ वर्षीय मिलन भन्ने दावा दुण्डुप तामाङ रहेका छन् । 

रामेछाप दोरम्बा गाउँपालिका-४ घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया महिलालाई १ केजी सुन छ लगानी गर्नुपर्‍यो बेचेर भागबण्डा गरौंला नाफा हुन्छ भनि सुन जस्तो बस्तु देखाई प्रलोभनमा पारी पीडितबाट ७ लाख ७५ हजार रूपैयाँ ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उक्त ठगीमा संलग्न उनीहरूलाई भक्तपुर बोडेबाट पक्राउ गरेको हो । उनीहरूमध्ये छुल्टीम लामा, राजेन्द्र तामाङ, चिन बहादुर लामा र जित बहादुर तामाङलाई शुक्रबार र दावा दुण्डुप तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी छुल्टीमको साथबाट नगद १ लाख २२ हजार रूपैयाँ र मोबाइल  थान, राजेन्द्रको साथबाट नगद १४ हजार रूपैयाँ र मोबाइल २ थान, चिन बहादुरको साथबाट नगद  ८६ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान, जित बहादुरको साथबाट नगद ७४ हजार रूपैयाँ र मोबाइल २ थान तथा दावा दुण्डुपको साथबाट मोबाइल १ थान बरामद भएको छ ।                                  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।