अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-१०-२९
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एभिल १९ एम्पुल, फेनारगन १९ एम्पुल, डाईजेपाम १९ एम्पुल र लुपिजेशिक १९ एम्पुलसहित सुन्दरहरैचा नगरपालिका-६ बस्ने ३५ वर्षीय संजिब चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैंसेबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित कैलाश गाउँपालिका-१० बस्ने ३६ वर्षीय सिंह बहादुर स्याङ्ताङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा.३ ख २२९९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सिरहा, मिर्चैया नगरपालिका-२ मलिनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४३ मिलिग्राम, नगद ४ हजार ९ सय रूपैयाँ, डिजिटल तराजु १ तान, र मोबाइल १ थानसहित सोही ठाउँ बस्ने १९ वर्षीय बिष्णु कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।