एकनाले भरूवा बन्दुकसहित पक्राउ
२०८०-११-०१
- A
- A-
- A+
सल्यान, कुमाख गाउँपालिका-१ बस्ने २६ वर्षीय धनराज कामीलाई एकनाले भरुवा बन्दुक १ थान, गोली ५ राउण्ड, फलामका छर्रा ९ थान, केप ११ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट नेटाबजारबाट खटिएको प्रहरीले कामीको घरको तलासी गर्दा उक्त हाततियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।