अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
२०८०-११-०१
- A
- A-
- A+
कैलाली, गोदावरी नगरपालिका-१ भरतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय १० मिलिग्राम र नगद १९ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने १९ वर्षीय रमेश बडैलालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले बडैलाको घरको तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय भरत चौधरी र २० वर्षीया सिर्जना चौधरी रहेका छन् । नशालु पदार्थ सेवन गरी एक जना ५५ वर्षीया महिलालाई उनीहरूले कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शिबपुरीधामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१६ भट्टी मोड छेउबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ११ ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ बस्ने ३१ वर्षीया हेमा तामाङ र ४० वर्षीया मुना लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, बारबर्दिया नगरपालिका-४ बरबट्टा खेलमैदानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ७ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराईच थरीपुरी गाउँ पञ्चायत बस्ने २३ वर्षीय सुजीत कुमार र बारबर्दिया नगरपालिका-४ बरबट्टा बस्ने १७ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय बानियाभार र बीओपी तारातालबाट खटिएको संयुक्त प्रहरीले युपी ४० एके १५५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।