अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ
२०८०-११-०३
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लगूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९९ मिलिग्रामसहित बेलबारी नगरपालिका-३ बस्ने २६ वर्षीय बिमल लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।