प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरीमा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ

२०८०-११-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तिलगंगा बस्नेहरू भारत समस्तिपुर मोहदीनगर घर भएका २६ वर्षीय लक्का भन्ने विकास पोदार, भारत वेगुसराका २८ वर्षीय जितेन्द्र पोदार, भारत बैशालीका २७ वर्षीय भाइलाल पोदार, भारत समस्तीपुरका ४० वर्षीय संजय पोदार र सोही ठाउँकी ५० वर्षीय मञ्जु देवी पोदार रहेका छन् ।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं जडिबुटीबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा गोकणेश्वर नगरपालिका-४ माकलवारीस्थित दिलमाया आले मगरको घरबाट माघ २८ गते दिउँसो सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा ६५ लाख रूपैयाँ बराबरको धनमाल, बुढानिलकण्ठ नगरपालिका-१० बस्ने दिनेश घिमिरेको घरबाट माघ २४ गते सुन तथा नगद गरी २५ लाख रूपैयाँ बराबरको धनमाल र गोकणेश्वर नगरपालिका-३ बस्ने गिता राईको घरबाट सुनचाँदीका गरगहना तथा नगद समेत गरी ४ लाख १० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनामा समेत उनीहरूको संलग्नता रहेको खुल्न आएको छ । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।