अवैध लागूऔषधसहित विभिन्न स्थानबाट दुई जना पक्राउ
२०८०-११-०५
- A
- A-
- A+
म्याग्दी, बेनी नगरपालिका-८ पिपल चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ करिब ४ किलो ४६ ग्रामसहित मालिका गाउँपालिका-२ रूम बस्ने ३४ वर्षीय तिलक बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय मिलिग्रामसहित गोदावरी नगरपालिका बस्ने २३ वर्षीय नरेश बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।