प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित पक्राउ

२०७८-०८-२०

  • A
  • A-
  • A+
Share

खोटाङ, ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोल हुमे बस्ने ३० वर्षीय संजय राईलाई १ थान अवैध भरुबा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले भरुवा बन्दुक लिएर सामाजिक संजाल फेसबुकमा फोटो अपलोड गरेको पाएपश्चात  ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

तनहुँ, शुक्लागण्डकी नगरपालिका-१ थप्रेक ओखल्दी बस्ने ४७ वर्षीय सुन बहादुर गुरुङलाई १ थान भरुवा बन्दुक सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । गुरूङ र सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल तुरतुरे पाखामा शिकार खेल्न जाने क्रममा मल्लले बोकेको भरुवा बन्दुक अचानक पड्कन जाँदा आफै घाइते भई थप्रेक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले भरुवा बन्दुक सहित गुरुङलाई पक्राउ गरेको हो । 

अर्घाखाँची, पाणिनी गाउँपालिका-६ धातिवाङस्थित दलेरो पुल जंगलबाट १ थान एकनाले भरुवा बन्दुक आइतबार राति प्रहरीले बरामद गरेको छ । उक्त जंगलमा सिकार खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरु बन्दुक फाली फरार भएपश्चात उक्त बन्दुक प्रहरीले बरामद गरेको हो । हाल फरार अपरिचित व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।