प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

२०७८-०८-२०

  • A
  • A-
  • A+
Share

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ कौशल्टार कमलधारास्थित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१० भएका २९ वर्षीय भेष बहादुर भुजेलको टहरमा तास खेलिरहेको अवस्थामा भुजेल लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई ३४ हजार रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार