नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ
२०८०-११-१०
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेसीक १० एम्पुल, डाईजेपाम १० एम्पुल, ऐभिल १० एम्पुल र फेनारागन १० एम्पुलसहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ४२ वर्षीय सारक तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।