१ सय १६ किलो गाँजासहित एक जना पक्राउ
२०८०-११-१०
- A
- A-
- A+
सर्लाही, बागमती नगरपालिका-३ नयाँ बस्ती चोकबाट अवैध लागूऔषध गाँजा १ सय १६ किलोसहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-११ बस्ने ३० वर्षीय सुर्य परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले बा.प्रदेश ०१-०२६ च ५१५९ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारभित्र १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक परियारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।