प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८०-११-२३

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-८ पृथ्वी चोकस्थित होटल प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१७ छोरेपाटन बस्ने स्याङजा पुतलीबजार नगरपालिका-८ घर भएका ५२ वर्षीय नारायण राना समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ६ सय २५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार