अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८०-११-२३
- A
- A-
- A+
सुनसरी, ईटहरी उपमहानगरपालिका-४ स्थित द प्रिन्ट्स ट्याटु हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ८० मिलिग्रामसहित ट्याटु हाउसका संचालक सोही उपमहानरपालिका-४ डम्फु चोक बस्ने धनकुटा छथर गाउँपालिका घर भएका मनिष लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले ट्याटु हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित हुम्ला चङ्खेलि गाउँपालिका-२ घर भएका ३५ वर्षीय अंग बहादुर शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १०३ ग्राम ३ सय मिलिग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराईच मुसेला सलार थाना बस्ने २१ वर्षीय ईरफान कुरेसी, २७ वर्षीय मोहम्मद खलि खाँ र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ३२ डीके नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका-११ नयाँबसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र गाँजा ७० ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३५ वर्षीया अप्सना भन्ने निसा खातुनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँबसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-१० कालिस्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय विशाल तामाङ र २४ वर्षीय विकाश आङदम्बे रहेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँबसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-११ भुजेलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्रामसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ भगतपुर बस्ने १९ वर्षीय दिपक महरा, सोही नगरपालिका-१८ डेरा गरी बस्ने बैतडी पुर्चुडी नगरपालिका-५ घर भएका ३० वर्षीया अमृता खत्री बोहरा र दोधारा चाँदानी नगरपालिका-७ बस्ने १८ वर्षीया किशोरी रहेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
जुम्ला, चन्दननाथ नगरपालिका-७ मिचास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने २० वर्षीय रितेश न्यौपानेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।