ज्यान सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-११-२३
- A
- A-
- A+
कास्की, ज्यान सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-२० लामाडाँडा बस्ने ३० वर्षीय डिल बहादुर गुरुङ भन्ने प्रिमस बहादुर गुरूङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीको २०८० मंसिर ७ गतेको फैसलाले ज्यान सम्बन्धी कसूर मुद्दामा १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र १ लाख २५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-११ काँहुखोलाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत कास्कीमा बुझाइएको छ ।