अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८०-११-२४
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्रामसहित गोदावरी नगरपालिका-१२ ओलानी बस्ने २० वर्षीय सन्जय परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, जानकी गाउँपालिका-१ दुर्गौलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्रामसहित टीकापुर नगरपालिका-१ समितिपुर बस्ने २१ वर्षीय रेशम चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१ लालपुर बस्ने २० वर्षीया अन्जली सुनार र गौरीगंगा नगरपालिका-२ बस्ने २८ वर्षीय सन्जय साउद रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अन्जलीलाई ४ सय मिलिग्राम र सन्जयलाई १ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२२ पुरैनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम नगद ७ हजार ८ सय ५० रूपैयाँ र मोबाइल २ थानसहित सोही ठाउँ बस्ने १९ वर्षीय पवन बर्मालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ गणेश टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ८ सय ग्रामसहित भारत घर भएका ३० वर्षीय अरबिन्द कुमार गुप्ता समेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ता, ईलाका प्रहरी कार्यालय नगवा समेतबाट खटिएको प्रहरीले गुप्ताले संचालन गरेको कबाड पसल तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।