अवैध लागूऔषधसहित दुई जना पक्राउ
२०८०-११-२४
- A
- A-
- A+
बाँके, कोहलपुर नगरपालिका-६ रझेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुरठिमी नगरपालिका-३ कौशलटारबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३९ ट्याब्लेटसहित धनुषा जनकपुर उपमहानगरपालिका-१० घर भई ललितपुर बोझेपोखरी बस्ने २२ वर्षीय किसन मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख २७५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार मण्डललाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।