अवैध लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
२०८०-११-२७
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने सुर्खेत बिरेन्द्रनगर नगरपालिका-२ घर भएका २१ वर्षीय सुरेन मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ४० मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-९ गोंगबु शिवमन्दिरस्थित सडकबाट उनलाई ५ सय ४० मिलिग्राम उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनको कोठाबाट ५ ग्राम उक्त पदार्थ प्रहरीले बरामद गरेको हो ।
बाँके, खजुरा गाउँपालिका-५ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-२ बस्ने २० वर्षीय तुसार विक र मुगु छाँयानाथ गाउँपालिका-४ घर भई हाल बाँके बैजनाथ गाउँपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।