चितुवाको जस्तो देखिने छालासहित एक जना पक्राउ
२०८०-११-२८
- A
- A-
- A+
दार्चुला, मार्मा गाउँपालिका-२ लटिनाथ बजार नजिक सडकबाट चितुवाको जस्तो देखिने छाला २ थानसहित नौगाड गाउँपालिका-४ सिप्टी बस्ने ३६ वर्षीय शेर सिंह धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर, इलाका प्रहरी कार्यालय लटिनाथ दार्चुला र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको सयुंक्त टोलीले उनलाई उक्त छालासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।