विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-२१
- A
- A-
- A+
सिन्धुली, विभिन्न मुद्दाका फरार प्रतिवादी तिनपाटन गाउँपालिका-१ बस्ने मगर कान्छा भन्ने मेष बहादुर थापालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत तनहुँको २०७१ वैशाख १७, २०७२ जेठ ४ र जेठ १४ गतेको फैसलाले ६ वटा जबरजस्ती चोरी र १२ वटा डाँका चोरी मुद्दा तथा जिल्ला अदालत सिन्धुलीको विभिन्न १८ वटा लगत नम्बरले सबै मुद्दामा गरी जम्मा १ सय २९ वर्ष ७ महिना १५ दिन कैद र १४ लाख ८३ हजार ३ सय ४७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुलीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।