चाँदी जस्तो देखिने धातुसहित एक जना पक्राउ
२०८०-११-२९
- A
- A-
- A+
उदयपुर, त्रियुगा नगरपालिका-६ जलजले ढाटबाट बिल नभएको चाँदी जस्तो देखिने धातु २ किलो २९८ ग्राम ५६० मिलिग्रामसहित सप्तरी शम्भुनाथ नगरपालिका-९ बस्ने २२ वर्षीय सन्तोष विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले विकलाई कम्मरमा भिरेको झोलामा लुकाई ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।