अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
२०८०-१२-०१
- A
- A-
- A+
बाँके, बैजनाथ गाउँपालिका-८ थपुवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय सुरज थारु र १९ वर्षीय रोहित थारू रहेका छन् । प्रहरी चौकी रनियापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।