प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२०८०-१२-०३

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-७ मोती चोकस्थित कैलाली होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय वीर बहादुर साउद लगायत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ६ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार