प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०८०-१२-०४

  • A
  • A-
  • A+
Share

ललितपुर, महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार भुजुङ्गे चोक बस्ने ४७ वर्षीय हरिबोल चौलागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा चौलागाईसमेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६४ हजार १ सय २० रूपैयाँ र ६९ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार